काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले राइड सेयरिङ एप इनड्राइभका चालकहरुको लागि ‘५ मा १०० इनड्राइभको पूरै कमिशन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना विशेष रूपमा इनड्राइभ चालकहरू र उनीहरुमार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
मंसिर ९ गते देखि फागुन ९ गतेसम्म ३ महिनाको लागि चल्ने यस योजनामा आइएमई पे एपबाट इनड्राइभ एपमा टपअप गर्ने चालकहरुले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफूले इनड्राइभलाई तिर्नुपर्ने कमिसन १०० प्रतिश फिर्ता पाउन सक्नेछन् । साथै, तोकिएको कारोबार वा भुक्तानीहरु गरे बापत १०० रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ११ : ४४ बजे
प्रतिक्रिया