राष्ट्रपति भवनमा घटस्थापना

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

फुङ्लिङ । ताप्लेजुङमा दोस्रो पटक हिमपात भएको छ । 

समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ  गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ ।  चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशु चौपाया बचाउन मुस्किल भएको छ । 

यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको स्थानीयवासी तेन्जी शेर्पाले बताउनुभयो । 

भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङमा समेत हिमपात भएको मिक्वाखोला–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो । 

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । यस वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलो पटक हिमपात भएको थियो । रासस

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  १२ : २९ बजे