‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्वास्थ्य सजगता अपनाई सुरक्षित रहन सबै नेपालीलाई राजदूतावासको आग्रह 

काठमाडौँ । नयाँ दिल्लीलगायत भारतका विभिन्न राज्यहरूमा कोभिड–१९ ओमिक्रोन भेरियन्ट सङ्क्रमण तीव्र वृद्धि भई तेस्रो लहरको रूप लिइसकेको भन्दै भारतमा विभिन्न पेसा, व्यवसाय, रोजगारी तथा अध्ययनका सिलसिलामा बसेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आवश्यक स्वास्थ्य सजगता अपनाउन त्यहाँस्थित नयाँ दिल्लीस्थित नेपाली राजदूतावास आग्रह गरेको छ । 

राजदूतावासले भारतको केन्द्र तथा सम्बन्धित राज्य सरकारद्वारा निर्धारित स्वास्थ्य सम्बन्धी नियम पूर्ण रूपमा पालना गरी सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरेको हो ।

“यस विषम परिस्थितिमा विचलित नहुन, घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, हात नियमित सफा राख्न तथा स्यानिटाइजर प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, भिडभाडबाट टाढा रहन, तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन राजदूतावास सबैमा अनुरोध गर्दछ ।” दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

राजदूतावासले असहज समयमा पनि राजदूतावास खुल्ला रहने तथा कन्सुलर लगायतका सेवा निरन्तर प्रदान गरिने बताउँदै कुनै विषयमा सूचना तथा जानकारी, परामर्श, सल्लाह–सुझाव, समन्वय तथा सहयोगको लागि कार्यालय समय अघि–पछि तथा सार्वजनिक बिदाको दिन समेत राजदूतावासको टेलिफोन नं. +९१–११–२३४७६२०० वा मोबाइल नं. +९१८९२९६०१९२५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  १२ : ०८ बजे