‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता, डोजर पनि पुरियो

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक, सहचालक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ । 

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  १० : २६ बजे