धरहराबाट उपत्यका नियाल्ने रहर

बालविवाहले निम्त्याएको जोखिमले भावी पुस्तालाई खतरामा पारेको छ: सभापति देउवा

काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बालविवाह, ग्लोबल वार्मिङजस्ता समस्याले निम्त्याएको जोखिमले भावी पुस्तालाई खतरामा पारेको बताउनु भएको छ।

आजदेखि काठमाडौंमा सुरु भएको छैटौँ जनसंख्या सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पछिल्लो समय नेपालमा पोषण र शिक्षामा प्रगति भएता पनि जलवायु परिवर्तन, बालविवाह, ग्लोबल वार्मिङजस्ता समस्याले निम्त्याएको जोखिमले भावी पुस्तालाई खतरामा पारेको बताउनु भएको हो ।

उहाँले विभिन्न क्षेत्रहरूमा स्रोत र जनसंख्याको असमान वितरणले आप्रवासन चुनौतीहरू निम्त्याएको औल्याउनु भयो। सभापति देउवाले युवाहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सकियो भने सामाजिक र आर्थिक वृद्धिलाई अगाडि बढाउन सकिने बताउनु भयाे।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : ०३ बजे