धरहराबाट उपत्यका नियाल्ने रहर

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ।

प्रसाईंले गैरकानुनी रूपमा आफूलाई हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग राखिएको रिट खारेज भएको हो ।आज  न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ। 

प्रसाईँका छोराले उनको रिहाइका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्युरोले विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर क्राइम) को अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : ५७ बजे