धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

प्रधानमन्त्री ओलीद्वारा मन्त्री र सचिवहरुसहितकाे बैठक आह्वान

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाउनु भएको छ।

प्रधानमन्त्री ओलीले सरकारका कामको त्रैमासिक समीक्षाका लागि सबै मन्त्री र मन्त्रालयका सचिवहरु सहभागी हुने गरी बैठक बाेलाउनु भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकको मुख्य उद्देश्य चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्नु रहेको छ। बैठकमा अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा गहन छलफल गरिने बताइएको छ।

बैठकमा सरकारले गरेका काम कारबाहीहरु, मन्त्रालयले सचिवहरुसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरुले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १० : ११ बजे