राष्ट्रपति भवनमा घटस्थापना

सल बेरिएर महिलाको मृत्यु

पुस – चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । 

साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएकाे हो ।

मृतक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १ : ५४ बजे