राष्ट्रपति भवनमा घटस्थापना

भारतको दादागिरी विरूद्ध बोल्ने नेकपा एमाले एक्लो पार्टी

काठमाडाैँ – भारतको हस्तक्षेप र विस्तारवादी नीति विरुद्ध बोल्ने नेकपा एमाले एक्लो पार्टी भएको छ ।

नेपालको लिपुलेक क्षेत्रमा विगत दुई सातादेखि भारतले सडक विस्तार गरिरहँदा भारतको हस्तक्षेप र विस्तारवादी नीति विरुद्ध बोल्ने नेकपा एमाले पहिलो पार्टी बनेको हो । हाल संसद्मा आफ्नो उपस्थिति देखाउने सबैजसो दलहरू चुपचाप रहँदा नेकपा एमालेले भने हिजो एक  विज्ञप्ति निकालेर भारतको विस्तारवादी प्रवृत्तिको विरोध जनाएको थियो । एमालेले विज्ञप्ति नै निकालेर सडक विस्तार रोक्न भारतसँग माग गरेको छ। 

नेकपा एमालेको विदेश विभाग प्रमुख डा राजन भट्टराईले विज्ञप्ति निकाल्दै नेपाली भूमिमा भारतले  कूटनीतिक मर्यादाविपरित काम गरेको र भारतीय बलमिचाइ रोक्न माग गर्नु भएको थियो  । 

विज्ञप्तिमा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्य स्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ ’ भनी उल्लेख गरेको छ । 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १२ : ०९ बजे