धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

डोटी । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताउनुभयो । उहाँका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पु¥याएको छ । 

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ । रासस

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : ०४ बजे