‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

 ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी–३ स्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो । 

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । चालक तामाङको सवारी चालक अनुमति पत्र नभएको प्रहरीको भनाइ छ ।  

मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ । 

 

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : ०३ बजे