काठमाडौँ । आज सातौँ सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म शुभकामना व्यक्त गर्नुभएको छ ।
दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले ‘कोही पनि व्यक्ति, समाजको कोही पनि सदस्य त्यही उन्नत, विकसित र आधुनिक मानव समाजमा सुरक्षा नपाई असुरक्षित र त्रसित भएर जीवनयापन गर्नु नपरोस्, कसैले पीडा भोग्न र जीवन गुमाउन नपरोस् ।’ भन्नेमा सरकार सचेत रहेको बताउनुभयो ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, ‘ मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ ।’
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ७ : ०३ बजे
प्रतिक्रिया