काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने भएको छ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई काठमाडौँ ल्याउन बिहान साढे आठ बजेको बुद्ध एयरको जहाजको टिक बुकिङ भइसकेको छ ।
यसअघि सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर बयान लिइएको थियो ।
प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ९ : ११ बजे
प्रतिक्रिया