एनपीएलको ट्रफी सार्वजनिक

बागमती मन्त्रिपरिषद्को बैठक : दुई सचिवलाई थप जिम्मेवारी

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ ।

उक्त बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमी तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राससलाई जानकारी दिनुभयो ।

उक्त बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

सो बैठकले बागमती प्रदेश खेलकुद विकास परिषद्मा चार जना सदस्य नियुक्त गरेको छ । नवनियुक्त परिषद्को सदस्यमा क्रमशः ललितपुरका रवि महर्जन, मकवानपुरका सङ्गीत श्रेष्ठ, चितवनका नवीना खनियाँ र रामेछापका कल्पना खड्का नियुक्त हुनुभएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : ०५ बजे