एनपीएलको ट्रफी सार्वजनिक

रविलाई भोलि काठमाडौं ल्याइने

साईमेक्स इन्कले बीवाईडीको ३० औं वार्षिकोत्सवको अवसरमा १ करोड एनईभी उत्पादन,नेपालमा १०० युनिट डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोड एनईभी विश्वव्यापी उत्पादनको अवसरमा, बीवाईडी र साईमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ ।

यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रतिको बीवाईडीको प्रतिबद्धता देखाएको छ ।

वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बीवाईडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास अझै बढेको दावी कम्पनीले गरेको छ ।

साथै विश्वव्यापी रूपमा, बीवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गरेको पनि कम्पनीले जनाएको छ ।

त्यसैगरी नेपालले हरित भविष्य अँगाल्दै गर्दा, साईमेक्स इन्क.ले बीवाईडीका बीवाईडी अटो ३, बीवाईडी डल्फिन र बीवाईडी सिल जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यतिमात्रै हैन, यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर, र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा पर्नु स्वभाविकै हो, कम्पनीले थप प्रष्ट पारेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ५ : २२ बजे