एनपीएलको ट्रफी सार्वजनिक

रविलाई भोलि काठमाडौं ल्याइने

कुलमान घिसिङबारे सुधीर शर्माको सफेद झुट

प्रसिद्ध पत्रकार तथा लेखक सुधीर शर्मालाई म बारबार पढिरहन्छु । उहाँ सामान्य समाचार मात्र संपादन गर्ने र हल्का फुल्का टीप्पणी मात्र लेख्ने पत्रकार होइन । उहाँ पत्रकारिताका एक उदाहरणीय व्यक्तित्व हुनु हुन्छ तर पनि उहाँका कुनै कुनै लेख समाचार र अन्तवार्ता अत्यन्त सतही र भ्रमित खालका पनि देखिन्छन् ।

सुधीर शर्माले आफू्र प्रधानसम्पादक रहेकै पत्रिकामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी.शर्मा ओली लक्षित कटु कटाक्ष गर्नु भएको थियो । यसमा प्रतिवादी एक लेख पनि मैले लेखेकै थिएँ । उहाँ अनि अब नामको एक सन्जालमा निकट विगतको असामान्य र जघन्य बाढी पहिरो विषयमा सुधीरको विषय विचार र समाचारको प्रस्त्ुति अत्यन्त सन्तुलित भएकाले यस विषयलार्ई मेरा लेखमा पनि उल्लेख गरेको थिएँ ।

उपयुक्त विषयमा सरकार भनेको मूलतः कर्मचारी संयन्त्र भनिए पनि उक्त दुर्दान्त घटनका बेला सरकारका मुख्य सचिव नै खादामाला लगाउन जिल्ला तिर घुमेको विषय पनि शर्माले उठान गर्नु भएको थियो । तर केही दिन अघि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसित सुधीर शर्माको वार्ता सुन्दा मलाई नै अत्यन्त लज्जा बोध भयो । शर्माले घिसिङलाई पहिलो उज्यालो सित खआफ्नो भेट भएको भन्दै तपाई देशकै उज्यालो भनेर देवत्वकरण गरेको देखेर म आफैँ लज्जित महसुस गरँे । किनकि अति प्रशंसा निन्दा हो त्यस्तै अति प्रशंसा र अति निन्दा गर्नु हुँदैन पनि भनिन्छ भने अति गरे पनि अत्याचार नगर्नु पनि भनिन्छ भने अतिले खति गर्छ पनि भने हाम्रा पुर्खाहरुले ।

समग्रमा अन्तर्वार्ताको आधा समय कुलमानको जादुगरीबाट नेपालमा १८ घण्टाको लोडसेडिङ हटेकामा शर्माले भारी प्रशंसा गर्नु भयो । यस कुराबाट अत्यन्त खुसी र प्रशन्न मुखमुद्रा र मुहारका साथ घिसिङ गमक्क र मख्ख परेको देखियो । तर कुलमान बारेको यथार्थ सत्य सुधीर शर्माले उल्लेख गरेको भन्दा बिलकुल उल्टा र भिन्न रहेको देखिन्छ । यसका बारेका केही तथ्य उजागर गर्न यो लेख लेखिएको हो । विद्युत प्राधिकरणको समितिमा दुई वर्ष रहेका विषय विज्ञ रत्नसागर श्रेष्ठ र पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीजीहरुका अन्तर्वार्ता र हिमाल खबर लगायत पत्रिकामा प्रकाशित लेखको अध्ययनबाट यो कुरा पुष्टि हुन्छ । विशेषतः रत्नसंसार श्रेष्ठसित सुसान्त प्रधानले लिएको सत्य तथ्य अन्तर्वार्ताको सामग्रीलाई आधार बनाएर हेर्दा सुधीर शर्माका उज्षला नायकको अँध्यारो पक्ष सपाट पष्ट हुन्छ । उहाँले ०५९ र ०६० सालमा विद्युत बोर्डको एक सदस्य भएर काम गरेका अनुभवमा आधारित भएर लोडसेडिङको अनुभव बताउनु भएको रहेछ । उहाँका अनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोडसेडिङले नेपाल धेरै सकस परेका बेला ०६५,०६६ सालमा भारत विहारबाट ३० मेघाबाट विद्युत खरीद सम्झौता गर्न खोज्नु भएको थियो । र यसमा विहार सरकार सहमत भएको तर उक्त खरिद प्रक्रियालाई भारतको संघीय सरकार र त्यस अन्तर्गतको विभागीय मन्त्रीबाट अनुमोदन भएन । र खरिद प्रक्रिया अवरुद्ध हुँदा स्वयं प्रधानमन्त्रीलाई धेरै ठूलो मानमर्दनको अवस्था आइलाग्यो । यो काम तत्कालीन प्रचण्ड सरकार मार्फत् नेपालकै नुर गिराउन खाजेको स्पष्ट हुन्छ । यही मूल कारणले गर्दा प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा गर्न बाध्य भएको गुढ रहस्यय श्रेष्ठले बताउनु भएको रहेछ ।
रत्न संसार श्रेष्ठका अनुसार रुक्माङ्गद कटुवाल हटाएको विषय भन्दा भारतसित विद्युत खरीद गर्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत भएको विषय भारी परेकाले प्रचण्ड राजिनामा गर्न बाध्य र विवश हुनु भएको हो । यसपछि भारतले नेपालमा अमानवीय नाकाबन्दी ग¥यो । यसमा अझ के.पी. शर्मा ओलीको नाकाबन्द विरुद्ध चट्टानी अडान रहेको थियो । भारतले आमन्त्रण गर्दा पनि नाकाबन्दी नहटाई भारत नजाने उहाँले अडान राख्नु भयो । नेपालको संविधान निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्नबाट भारत र उसका मार्फत् ठूलो अवरोध सिर्जना गरियो । यसमा केही खगेन्द्र प्रसाई थरि केही कहलिएका उपबुज्रुक समेत रक्सौलपारि गएर नेपालमाथि उपदद्रो मच्चाउन ज्यान दिएर लागिपरेका थिए । यसमा अबुझ तराइमधेसी नेपाली समेत भड्काउमा लागे । तिनलाई भड्काउन अपने अगनियाँ मे होगइल परदेशिया बोलको गीत माइक लगाएर तराईमधेसका गाउँ टोलमा घन्काइयो ।

संविधानमा राख्न भारतले ७ बुँदे प्रस्ताव गरेको थियो । यसमा जनसंख्या बहुल क्षेत्र वा तराई मधेसबाट बढीभन्दा बढी प्रतिनिधि र राष्ट्रिय सभा सदस्य राख्न निक्कै ठूलो दवाव दिएको थियो भारतले । तर यसलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र अझ के.पी.शर्मा ओलीले अग्रसर भएर इन्कार गरिदिन्ु भयो । भारतीय विदेश प्रतिनिधि एस जयशङ्करले ओलीसित १ घण्टा दवावमूलक भेटघाट गरेका थिए । यसरी बडो सकसका साथ उक्त संविधान जारी भएको थियो । उक्त संविधान भारतले भनेझैँ जारी नभएको भए र भारतीय स्वार्थ अनुसार ७ बुँदा समावेश गरेर जारी गरेको भए हिमाल र पहाडमा जनप्रतिनिधिको संख्या शून्य हुन्थ्यो अनि भारतीय ग्ुहमन्त्री राजनाथनले त्यति बेला भनेझैँ एक करोड भारतीयले नेपाली नागरिकता लिइसकेका छन् भनेको सुन्ने कथित बुद्धिजीवी र नेपाललाई चरम अस्थिरताको दलदलमा पारी देशकै अस्तित्वलाई संकटमा पार्न उद्यत अराजक कथित विश्लेषकलाई राम्रै थाहा छ । तर पनि घिउ र भातका लागि तथानाम बकबक गरिरहेका छन् र गराइरहेका छन् ।
जे जस्तो भए पनि संविधान जारी त भयो अब यसलाई त समयानुकूल संशोधन गर्दैं जाँदा भयो नि । त्यतिबेला संविधान जारी नभएको भए यस देशको अवस्था कस्तो हुन्थ्यो होला ? हरेक दस वर्षमा नेपाल ओरालो. तिर जाँदैछ र अबको दस वर्षभित्र अर्थात् २०७२ सालमा नै नेपालको अस्तित्व धरापमा पार्न उद्यत शक्तिका बारेमा लेख लेख्ने सुधीर शर्मालाई यो कुरा थाहा छैन र ? थाहा पाइपाई किन घिसिङको व्यर्थको आरतीको पुल हाल्न सुधीर शर्मालाई हतारो परेको होला अचम्म र ताजुब लाग्छ । अझ शर्मा त घिसिङलाई परोक्ष रुपमा प्रधानमन्त्री ओली भन्दा माथि राख्तै तपाई मात्र कटुआलोचनाबाट बचेको नेपालको एक मात्र प्रशंसित व्यक्तित्व भन्दै हुनुहुन्थ्यो । मुलुकको राष्ट्रपति वा प्रधानमन्त्री सित देशको इज्जत,प्रतिष्ठा र आबरु जोडिएको हुन्छ होला नि । यस्ता व्यक्तित्वलाई विदेशमा गएका बेला र विदशी पाहुनाका नामै तोकेर मनपरी बोल्दा हामी मौन बस्न मिल्छ ? । कमल कोइराला,झलक सुवेदी लगायतका व्यक्तिका खोटी मन र मत सुन्दा छक्क लाग्छ । घुमाइफिराई अंश र समग्र जस्ता मापन गर्ने वस्तुनिष्ठ पक्षलाई पूरै बेवास्ता गर्दै हिँडेका मानिस कसरी माक्र्सवादी बाम वा प्रगतिशील हुन्छन् र भएका हु्न् ? लाज नै लजाउँछ ।

रत्नसंसार श्रेष्ठले प्रधानमन्त्री ओली भारतको औपचारिक भ्रमणमा जाँदा ३० होइन ८० मेघावाट विद्युत खरिद सझौंता भयो । प्रचण्डले खरिद गर्न खोजेको ३० मेघावाट नदिने भारत सरकार ओलीलाई ८० मेघावाट विद्युत खरिद गरेपछि नेपालको लोडसेडिङ हटेको हो । यस तथ्यलाई सुधीर शर्मा जस्ता प्रबुद्ध पत्रकारले थाहा नपाई उल्लेख नगरेको भन्नै सकिन्न । तर सफेदझुट प्रवाह गरेर एमाले र ओलीलाई बदनाम गर्न गराउन खोजेको स्पष्ट हुन्छ । कम्तीमा देशलाई ने भड्खालोमा हाल्ने नियतले यस्ता दुष्प्रचार कसैले पनि नगरे हुन्थ्यो । कुलमान घिसिङको समस्या नै यही हो । उनी म द्यौता हुँ,म नै सबकुछ हुँ र मैले नै सबैथोक गरेको हो । भारतसित विद्युत सम्झौता पनि मैले नै गरेको हुँ जस्ता परोक्ष फट्टाई कुरा घिसिङले गरेका देख्दा म आफैँ तीनछक्क पर्छु । खुसी,खोकी,प्रेम र अपराध धेरै दिन लुक्तैन सुधीर जी । १० महिना पछि लुकीलुकी गरेको प्रेम त भैँमा पो झर्छ त ? मोदीले म बाइलोजिकल होइन अर्थात् म आमाका कोखबाट जन्मिएको होइन म द्यौता हो भन्न भनाउन खोजेको हो ? द्यौता भनिदिएपछि उनले जति मान्छे मारे पनि सबै राक्षस थिए र मारे भन्दा भैगयो । उनले जति स्वास्नी ल्याए पनि सबै उनका पटरानी, महारानी र महारानी भनेर पूजा गरे भैगयो । रत्न संसार श्रेष्ठले आफू कार्यरत रहँदा पनि त्यतिबेलाको व्यवस्थापन समिति आफ्ना तर्फबाट राम्रै काम गरेको बताउनु भयो ।

लोडसेडिङ अन्त्यगर्न अनेक उपाय गरेको बताउनु भएको थियो । उहाँले त्यतिबेला बेलाबेलामा हुने विषयगत बहस र सभामा सिएफएल चीम आफ्नै खल्तीमा बोकेर हिँडेको र यो चीम प्रयोग गर्दा विद्युत खपत कम हुने कुरा गरेको बताउनु भएको छ । अझ त्यस पछि त विद्युत खपत कम हुने सेड आएको पनि उहाँले उल्लेख गर्नु भएको छ । तर कुलमान घिसिङले सस्तो लोकप्रियताका लागि उद्योग धन्दामा नियमित रुपमा दिने विद्युत कटौती गरेर काठमाडौँमा मात्र पहिले लोडसेडिङ हटाएको विसुंगति उल्लेख गर्नु भएको छ । उहााका अनुसार एक घरमा एक मात्र बत्ती बाल्न अनुरोध गरेर उद्योगहरुमा विद्युत दिँदा देशको उत्पादन उपार्जन र मजदुर समेतको भलो हुने कुरा हो । श्रेष्ठका अनुसार उत्तर कोरियाले बरु हामी माटो र झारपात खान्छौँ तर बम बारुद बनाउन छाड्दैनौँ भनेझैँ नेपालीहरुले उद्योग धन्दा नै बन्द भएर अझ देश तहसनहस पार्नु बुद्धिमानी होइन । बत्ती नबलेर केृेही दिन टेलिभिजन नहेरेर खार्सै नोक्सान हुँर्दैन तर उद्योग धन्दा कलकारखाना बन्द गरेर भोकभोकै रहनु पर्ने अवस्था आउनु घातक हुन्छ भन्ने श्रेष्ठको गम्भीर प्रश्न देखिन्छ । म सुधीर शर्माले झैँ घिसिङलाई देवत्वकरण त गर्दिन राक्षसीकरण पनि गरिन्न । जत्ति हो त्यत्ति भनिन्छ । तर घिसिङले विद्युत प्राधिकरणको प्रमुख भएर गरेका नानाथरि नकाम छन् तिनलाई छोप्नै सकिन्न । डोकाले छोपेर कहा छोपिन्छ र ?

घिसिङले पहिले पनि मोटो रकम लगानी गरेर आफ्ना पक्षमा काठमाडौँका सडकमा ठूलै जत्था महिनौ दिन उफारेका थिए । यसको गुह्य कुरा विद्युत प्राधिकरण काठमाडौँबाट सेवा निवृत्त हाल भाषा आयोगका सदस्य प्राज्ञ मातृका पोखरेलले उहिल्यै मलाई बताउनु भएको थियो । चिलिमे जनविद्युतमा काम गर्दा घिसिङले निक्कै मोटो रकम दिएर क्रान्तिकारी कार्यकर्ताहरुलाई महिनौँ पालेको कुरा बजारमा आएकै हो ।

सामान्य लाजसरमलाई बन्धकी राखेर सिदासिदी एक पार्टी प्रतिबद्ध कार्यकर्ता भएको थाहा भएकै हो । माओवादी पार्टीले घिसिङको फोटो समेत सजाएर चुनावी प्रचार प्रसार गरेको चर्चामा आएको थियो । अहिले पनि करोडौँको विद्युत ‘ह्याबी’ उपकरणहरु अलपत्र पारेको र तिनमा खिया परेको बजारमा आएकै छ ।

नेपाल सरकारलाई पनि अटेरी गर्ने घिसिङ आफ्ना काला कर्तूतहरु कसरी र कति दिन लुकाउलान् र ? काठमाडौँमा एमाले तीन जिल्लाले आयोजना गरेको जागरण सभामा कार्यकर्ता र नेतालाई घिसिङ,रवि,बालेन दुर्गा आदि दुष्कर्मीका बारेमा परोक्ष रुपमा नेताले नै उल्लेख गर्न बाध्य हुनुप¥यो । उपयुक्त खालका एमाले र ओली विरोधी ताण्डव नृत्य हुँदा सूचना सञ्चार र प्रचार प्रशार तथा यस सित सम्बन्धित सरोकार पक्ष चुपचाप देखिन्छ । जसले जुन विभागले जे कामको जिम्मा लिएको छ त्यसले गर्ने काम चाहिँ अरुले गरिदिनु पर्ने कस्तो लज्जाजनक अवस्था हो ।

कतिपय विभागका प्रमुख र सदस्यहरु कतिसम्म सिदा सज्जन छन् भने तिनलाई आफ्नै घाँटी काटेको पनि थाहा पाउँदैनन् । त्यसैले एडमण्ड बर्कले भनेझैँ ‘खराबीको विजयको एउटै मात्र कारण, असल मानिसले केही पनि नगरी बस्नु हो ।’
माओले भनेझैँ बन्दुक विहीन तर खतरनाक शत्रु तीनबित्ता उचालिएर देश अस्तव्यस्त पार्न खोज्दा कलम वीरका कलम किन नचलेका होलान् ? सिस्नो पानी नेपालले नेपालका मिडिया विदेसिका गुडिया भनेझैँ अधिकांश एमाले र ओलीका ज्यानी दुश्मनझैँ लागिरहेका छन् तिनको गोयबल्स शैलीका दुष्प्रचारबाट एमाले र जनताको पक्ति भड्काउमा परिरहेको देखिन्छ । मेकियाबेलीले भने झैँ ‘बन्दुक र तोपले छिन्न भिन्न पार्न नसकेको काम सामाजिक सद्भाव भड्काएर गर्न सकिन्छ भनेझैँ’ अहिले भइरहेको छ । बोना पार्टले ‘चारवटा विरोधी पत्रिका, चारहज्जार सेनाभन्दा डरलाग्दा हुन्छन्’ भनेको कुरो थाहा छैन भने कलम बिसाए हुन्छ । त्यस्तै अर्का वरिष्ठ पत्रकार ओस्कार वाइल्डले पनि ‘अमेरिकामा राष्ट्रपतिले चारवर्ष शासन गर्छन् तर पत्रकारिताले त्यहाँ सधैँसधैँ शासन गरिरहेको हुन्छ’ भनेको प्रचार विभागलाई थाहा होलाजस्तो लागेन । गर्ने भए मन लगाएर गरौँ , विसंगतिलाई ध्वस्त पारौँ होइन, सकिन्न भने हात उठाऔँ । भुईँ तहका भनिएका हामी कुनै पनि काम तमाम गर्न कम छेनौँ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ५ : ०४ बजे