दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आठ लाख मूल्य बराबरको साढे ९ केजी चाँदीको गहनासहित एक युवक पक्राउ 

जनकपुरधाम । जनकपुरधामबाट आठ लाख मूल्य बराबरको चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७ सय ६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं.५ शिवालयका ३० वर्षीय कुमार खाती रहेका छन् । सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं। १–०२–०४५ प. ८२७ नम्बरको २२० सी.सी.को प्लसर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँ बराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ तथा ३ लाख बराबरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले ब्रास्लेट १ सय ८४ थान, वाला २५ थान, लकेट नगदार ८५ थान, लेडिज औँठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ ।

पक्राउ परेका खातीलाई आवश्यक कारबाहीको लागि जनकपुरधामस्थित भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : ४१ बजे