काठमााडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पूर्व सभामुख स्वर्गीय दमननाथ ढुङ्गानाको निवासमा पुगी शोकमा रहनुभएका परिवारजनलाई समवेदना प्रकट गर्नुभएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले बत्तीसपुतलीस्थित निवासमा पुगी शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएकाे हाे ।
सोक्रममा पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेतासमेत रहनुभएका ढुङ्गानाको निधनको खबरले आफु अत्यन्तै दुःखी भएको बताउनुभयो ।
उहाँले ढुंङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२/६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्याउनु भएको विशिष्ट योगदानका लागि आफुहरुले उहाँलाई सदा सदा सम्झिरहने बताउनुभयो ।
ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले परिवारजनलाई समवेदना सन्देश हस्तान्तरण गर्नुभयो ।
पूर्व सभामुख ढुंगानाको गत मंसिर २ गते काठमाडौंमा निधन भएको थियो । ढुंगाना ०४८ सालदेखि ०५१ सालसम्म सभामुख बन्नुभएकाे थियाे ।
समवेदना सन्देशको पूर्ण पाठ :
श्रीमती भुवन ढुङ्गाना
काठमाडौँ ।
हार्दिक समवेदना
तपाईँका पति पूर्व सभामुख, वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता दमननाथ ढुङ्गानाको निधनको खबरले म अत्यन्त दुस्खी भएको छु ।
श्री ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२र६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्याउनु भएको विशिष्ट योगदानका लागि हामी उहाँलाई सदा सम्झिरहनेछौँ ।
म दिवंगत ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, दुस्खको यस घडीमा, तपाईँसहित छोराहरू निशेष, निमेष, छोरी नितिका एवं शोकमा डुबेको समस्त ढुङ्गाना परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति
मिति: २०८१/०८/१०
प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ३ : १८ बजे
प्रतिक्रिया