एनपीएलको ट्रफी सार्वजनिक

कति छ आज तरकारी र फलफूलको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालो अंगुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ । 

यसैगरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काक्रो १२०, भारतीय मेवा ९० किवी र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेँडा ८० र भारतीय ठूले गोलभेँडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ९०, लौका ८०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ९०, हाइब्रिड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १२० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेको फर्सी ३० र तराइ परवर ९० रूपैयामा खरिदबिक्री हुदैछ भने तोरीको साग ५० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९५, हरियो प्याज १०० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली १४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६० र हरियो धनियाँ २०० रुपैयाँ पाइने समितिले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ११ : २६ बजे