दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

शनिबार थपिए ८१६७ संक्रमित : थप १८७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ  । १८ हजार ५४८ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ । 

भाइरसका कारण शनिबार १ सय ८७ जनाको मृत्यु भएको छ  । आज ५ हजार ४ ुय ५५ जना संक्रमित निको भएका छन् ।कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत छ ।अहिलेसम्म कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या  ४ हजार ८५६ प्गेको छ । 

अहिले नेपालमा सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७ सय ४०  छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : ५१ बजे