राष्ट्रपति भवनमा घटस्थापना

एकैदिन २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १५ हजार ३३ जनामा परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०७ पुगेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ४ : ३८ बजे