प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उहाँको राजीनामा स्वीकृत गर्नुभएकाे हाे ।

सभामुख देवराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिनुभएकाे थियाे। 

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिनुभएकाे हाे । 

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाइएको छ ।

गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गर्नुभएकाे थियाे।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : ४७ बजे