‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ । कार्यकारी निर्देशक दाहालले मङ्गलवार समितिको कार्यालयमा राजीनामा बुझाउनुभएको हो । 

पछिल्लो समय बतास समूहले सार्वजनिक खरिद ऐन विपरीत  नारायणहिटीमा चमेना गृह चलाएको भन्दै विरोध हुँदै आएको थियो । 

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा कार्यकारी निर्देशक दाहाललाई मुछिएपछि उहाँले राजिनामा दिनुभएको हो । 

कार्यकारी निर्देशक दाहालले छानबिनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको बताउनुभएको छ । ३० वर्ष पुरातत्त्व विभागमा आफूले काम गरेको र सङ्ग्रहालयमा काम गर्दा पनि आफूले कहिल्यै गलत नियतले कुनै पनि निर्णय नगरेको उहाँको भनाई  छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ३ : ३१ बजे