राष्ट्रपति भवनमा घटस्थापना

एमाले प्रदेश अधिवेशनको मिति सर्‍याे

काठमाडौं – नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । 

कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको हाे । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनको मिति सारेको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ माघमा तय भएको प्रदेश अधिवेशन सरेको जानकारी दिए । ८ माघका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको उनले बताए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : २४ बजे