‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रियसभा उपचुनावमा राप्रपाले पनि बादललाई सघाउने 

काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराउनुभयो  ।

बैठकमा एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका नेताहरुले बैठकपछि बताउनुभयो  । 

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको शनिबार सम्पन्न बैठकले जेठ २२ देखि २५ गतेसम्म गर्न लागिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । कोभिड महामारीको कारण महाधिवेशन स्थगित गर्ने नेताहरुले सहमति गरेका हुन् ।

बैठकले पार्टीको निर्देशक समिति पाँच दिन भित्र गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : ०६ बजे