‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जसपाले आज कुनै बैठक बोलाएको छैन : अध्यक्ष ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले त्यसको प्रतिरोध  गर्नुभएको छ । 

 एक विज्ञप्ति जारी गर्दै जसपा अध्यक्ष ठाकुरले  कुनै बैठक नडाकिएको बताएउनुभएको हो ।
उहाँले आज बोलाएको बैठकबारे आफूहरुलाई थाहा नभएको बताउनुभयो ।
शुक्रबार महन्थ पक्ष बैठकले  संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेपछि अर्को पक्षले आज बैठक बोलाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने समयदेखि नै जसपा दुई धारमा विभाजित छ।
 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : ५६ बजे