एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

कुलमानलक्षित प्रधानमन्त्री ओलीको आक्रोश : बक्यौता उठाउन नसक्ने, लाइन काट्दै हिँड्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीको बक्यौता उठाउन नसक्ने तर उद्योगीको लाइन काट्दै हिँड्ने भन्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै आक्रोश व्यक्त गर्नु भएको छ ।
नेकपा एमालेले काठमाडौंको दरवारमार्गमा आयोजना गरेको ‘जागरण सभा’लाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘बक्यौता उठाउन नसक्ने, अनि लाइन काट्दै हिँड्ने । अर्थतन्त्र ध्वस्त बनाउन खोज्ने, रोजगारी खोस्ने काम भइरहेको छ ।’

उहाँले अहिले ऋण लिएर थुपार्ने काममा यो सरकार नलाग्ने पनि बताउनु भयो । उत्पादनमा जोड दिने र बिस्तारै आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ०० बजे