नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९।४३ अङ्कले उकालो लागेर दुई हजार ७८४।९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।१६ ले बढेर ५२२।५३ मा पुगेको छ । 

कूल २३६ कम्पनीको एक करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर रु सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३४ अर्ब २८ करोड २४ लाख ५० हजार बराबर पुगेको छ । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १५।२८, होटल तथा पर्यटन ३७।७१ र उत्पादन ४७।७८ ले ओरालो लागेको छ । व्यापार ५७।११, विकास बैंक ३७।५८, जलविद्युत् ४०।७९, वित्त ७८।०९, निर्जीवन बीमा १९०।६५, अन्य ११३।४, लघुवित्त १२।२५, जीवन बीमा २१८।२, सामूहिक लगानी कोष ०।२२ र लगानी ०।९४ अङ्कले उकालो लागेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड ७७ लाख ४० हजार ९१७ बराबरको कारोबार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण रु २१ करोड ८२ लाख ८४ हजार, एचआइडिसिएल रु २१ करोड तीन लाख ७४ हजार ६६४, अपि पावर कम्पनी रु १९ करोड २८ लाख १४ हजार ६९७ र नेशनल हाइड्रोपावर रु १८ करोड ९४ लाख ४६ हजार २१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार मध्यभोटेकोशी जलविद्युत् कम्पनी र युनियन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक ९।९८, खानीखोला हाइड्रोपावर ८।२० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८।०५ प्रतिशतले कमाए । प्रभु सेलेक्ट फण्ड ३।१७, चन्द्रागिरि हिल्स २।९९, कुमारी बैंक २।४२, नेपाल बङ्गलादेश बैंक २।३५ र सेञ्चुरी बैंकका लगानीकर्ताले २।२८ प्रतिशतले गुमाए । 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ५ : २१ बजे