काठमाडौं।सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै हुनुहुन्छ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन घिमिरे कम्बोडिया जान लाग्नु भएको हाे।
कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म सम्मेलन हुँदैछ।
सभामुख घिमिरे सम्मेलनमा सहभागि भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ९ : २३ बजे
प्रतिक्रिया