राष्ट्रपति भवनमा घटस्थापना

पर्पल फाउन्डेसनको महिलावाद र तन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न 

काठमाडौँ । पर्पल फाउन्डेसनले महिलावाद र तन्त्र विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज शंखमुलस्थित पर्पल फाउन्डेसनकै कार्यलयमा उक्त छलफल कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा नेकपा एमालेकी नेत्री विन्दा पाण्डे,मानव अधिकारकर्मी  रेणु अधिकारी,एटेनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङ,सांस्कृतिक अध्येता घनश्याम कोइराला लगायतको उपस्थिति रहेको थियो । प्रमुख वक्ताका रूपमा पूर्व सभासद् भिक्षु कश्यप हुनुहुन्थ्यो ।

 त्यस्तै कार्यक्रममा हाम्रो समाज पितृसत्तात्मक हुनुको कारणका विषयमा छलफल भएको थियो । परापूर्व कालमा महिलाहरूको भूमिका धेरै  रहेको र कालान्तरमा पुरुषहरूले महिलाहरूको कमजोरी दबाउँदै गएको भन्ने कुरा छलफल भएको थियो  । तन्त्र ऊर्जाको स्रोत रहेको र यसको कार्यान्वयन आवश्यक रहेको छलफलको निष्कर्ष थियो ।

कार्यक्रममा प्रमुख वक्ता भिक्षु कश्यपले  दश महाविद्याको कुरा गर्दैै कालीदेखि गौरीसम्मका कुरा गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेकी नेत्री एवम् महिला अधिकारकर्मी विन्दा पाण्डेले महिलाहरू अघि नसरी कुनै पनि आन्दोलन सफल नभएको बताउनुभयो । अतिथि वक्ता भिक्षु कश्यपले उक्त कार्यक्रममा विभिन्न मूर्तिका चित्रसहित महिलाहरूको भूमिकालाई प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै पर्पल फाउन्डेसनले दासत्व र महिलाका हक हितका विषयमा काम गर्दै आएको फाउन्डेसनकी अध्यक्ष निलम शर्माले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ५३ बजे