राष्ट्रपति भवनमा घटस्थापना

अध्यक्ष ओलीद्वारा संखुवासभा जिल्लाको छैटौं अधिवेशन उद्घाटन

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीले पार्टीको संखुवासभा जिल्लाको छैटौं अधिवेशन उद्घाटन गर्नुभएको छ ।

अध्यक्ष ओलीले संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित नेकपा एमाले संखुवासभा जिल्लाको छैटौं अधिवेशनको उद्घाटन गर्नुभएको हो । त्यहाँ आयोजित सभालाई सम्बोधन गर्नुका साथै अध्यक्ष ओलीले जिल्लामा भैरहेका योजनाहरुको बारेमा जानकारी लिने कार्यक्रम समेत रहेको छ ।

अध्यक्ष ओलीका साथमा पार्टीका उपाध्यक्ष  विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय राजेन्द्र गौतम र डा. शिवमाया तुम्बाहाम्फे, पोलिट्ब्युरो सदस्य परशु मेघी गुरुङ, केन्द्रीय कमिटी सदस्य सुनिता बराल र दुर्गा प्रसाई समेत हुनुहुन्छ ।

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : ४३ बजे