मन्त्रिपरिषद् बैठक सुरू

मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताउनु भएको छ।

आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताउनु भएको हो।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताउनुभयो । ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ। तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उहाँले भन्नुभयो । उहाँले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको एक बर्ष आठ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच कुनै पनि खटपट नभएको गृहमन्त्री लेखकलेस्पष्ट पार्नुभयो। सामान्य छलफलकाे विषयलाई तिललाई पहाड बनाएर बेकारको हल्ला चलाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छाैँ, २०८४ काे निर्वाचनसम्म सहज मिलेर जान्छाैँ।’

नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेकाे बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेकाे उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीकाे चीन भ्रमणकाे मिति तय भइसकेकाे छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  १ : ०४ बजे