अपहरित ३० जना शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

एजेन्सी । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापद्धि उद्धार गरिएको छ । 

उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए ।

ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो । प्रहरी टोलीको छ महिना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ । केबेइ प्रान्तीय सरकारका प्रवक्ता याहा सार्कीले सो कुराको जानकारी दिनुभयो । उहाँले आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले लामै समयको खोजीपछि ती शिक्षक र विद्यार्थीलाई अपहरणमुक्त गराउन सकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाइजेरियामा पछिल्लो समयमा यहाँका हतियारधारी आतंककारीहरुले विद्यालयमा आक्रमण गर्ने र शिक्षक र विद्यार्थीलाई अपहरण गरी लैजाने गरेका छन् । विद्यालयको सुरक्षाका लागि पनि प्रहरीले विशेष सुरक्षा दस्ता तयार पारेको बताएको छ ।” 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ५५ बजे