‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आहा रारा गोल्ड कप माघ ६ गतेदेखि

पोखरा । २०औं संस्करणको आहा रारा गोल्डकप माघ ६ गतेदेखि सुरु हुने भएको छ । मोफसलको उत्कृष्टमध्येको प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने भएका छन् ।

आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ए डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ। क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी र सहारा क्लब सहभागी हुने बताइएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता १५ माघसम्म सञ्चालन हुने अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो । क्लबले फुटबल टुर्नामेन्ट गरेरै एकेडमी सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ४८ बजे