दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति  

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

‘फेक डकुमेन्ट’ को सहारा लिएर प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

उनी मंगलबार आफ्नै निवासबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १ : ४५ बजे