राष्ट्रपति भवनमा घटस्थापना

प्रचण्डसँग मिल्दा कांग्रेसलाई घाटैघाटा ,बन्ने भयो तेस्रोदल 

काठमाडौँ । राष्ट्रिय सभाको आसन्न निर्वाचनमा गठबन्धन गर्दा सत्तारुढ नेपाली कांग्रेसलाई घाटै घाटा लाग्ने भएको छ । गठबन्धनको पक्षमा सोचेजस्तै मत खस्यो भने नेपाली कांग्रेस राष्ट्रिय सभामा तोस्रो ठुलो दलबाट झरेर तेस्रो शक्तिमा झर्ने निश्चित भएको हो । 

२०७४ सालमा पहिलोपल्ट निर्वाचन हुँदा सबैभन्दा ठूलो दलको रूपमा उदाएको एमालेले उक्त निर्वाचनमा थप केही क्षति व्यहोरेपनि अझै पनि पहिलो दलकै रूपमा रहनेछ उता कांग्रेसभने एमालेको सिटमा अरु नै दललाई जिताउन सहयोग गरेर आफुभने कमजोर बन्ने भएको हो । 

२०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा कूल ५९ सिटमा एमाले २९ सिटसहित बहुमतमा थियो । त्यतिखेर कांग्रेसले १३, माओवादीले १०, तत्कालीन सङ्घीय समाजवादी पार्टी ९हाल जसपा०ले २, तत्कालीन राष्ट्रिय जनता पार्टी ९हाल लोसपा० ले २ सिट जितेको थियो । राष्ट्रपतिबाट ३ जना मनोनीत भएका थिए । पहिलो मनोनयनमा कांग्रेसकै हात माथि थियो ।

२०७६ फागुन २० गते १९ सांसदको दुई वर्षे कार्यकाल सकिनुअघि माघ ९ गते भएको निर्वाचनमा तत्कालीन नेकपाबाट १६ जना निर्वाचित भएका थिए भने राजपाबाट २ जना जितेका थिए। एकजना राष्ट्रपतिबाट मनोनीत हुने ठाउँमा वामदेव गौतम आए।

राष्ट्रिय सभामा अहिले एमालेका अध्यक्षसहित २४ जना छन्। उपाध्यक्षसहित माओवादीका १४, कांग्रेस ७, एकीकृत समाजवादीका ७ , जसपा २ लोसपा १ स्वतन्त्र एक जना र मनोनीत ३ जना छन्। एमालेका २४ मध्ये ८ जनाको पदावधि सकिँदै छ।

एमालेको यो मतभार हत्याउने दाउमा सत्ता गठबन्धन छ । प्रदेश १ मा भने सत्ता गठबन्धनको केही जोर चल्ने अवस्था अझै छैन । 

एमालेसँग भएका आठ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादीलाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिइएको छ । अन्य रिक्त रहेका हकमा जुन ठाउँमा जसको रिक्त छ, उसैको उम्मेदवारी परेको छ।

सहमतिअनुसार केही फेरबदल नभए अब राष्ट्रिय सभामा अब एमाले १७ सिटमा खुम्चिनेछ । कांग्रेस १०, जसपा ४, माओवादी १५ र एकीकृत समाजवादीले ७ सिट हात पार्नेछ। सम्भावित परिणाम आएमा यसरी नेपाली कांग्रेस राष्ट्रियसभामा माओवादीभन्दा पनि तल्लो अवस्थामा पुग्ने निश्चित भएको हो । 

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ५१ बजे