काठमाडौं । नेपालमा एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ११६७ जनामा कोरोना संक्रमण देखिएको हो।
देशभरि ८८४८ पीसीआर परीक्षण गर्दा ८४१ र ३७८४ एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २२४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ।
प्रकाशित मिति : २५ पुस २०७८, आइतबार ५ : १२ बजे
प्रतिक्रिया