राष्ट्रपति भवनमा घटस्थापना

‘भ्रष्टाचार छोप्न नक्कली ज्वाइँ, नारायणहिटी कप्लक्कै’

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार आफ्नो भ्रष्टाचार छोप्न लागिरहेको बताउनुभएको छ ।

ओलीले बर्तमान सरकार नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा  गरी आफ्नो भ्रष्टाचार लुगाउनलागिपरिरहेको बताउनुभएको हो । 
गृह जिल्ला झापा आउनुभएका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले बर्तमान सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको बताउनुभयो ।

नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारकै संरक्षण रहेको भन्दै ओलीले सरकार अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिरहेको बताउनुभयो । 

ओलीले भन्नुभयो,‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरी छन्, छिोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा ।’

ओलीले भ्रष्टाचारलाई सबैले घृणा गर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै  कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताउनुभयो । उहाँले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

 अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गर्नुभयो । 

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ५७ बजे