सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८३ हजार कित्ता संस्थापक सेयर बिक्री ल्यायो

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८३ हजार ७६ कित्ता संस्थापक संस्थापक सेयरधनीहरुको नाममा रहेको र सो सेयरलाई बिक्रीमा ल्याएको हो ।

यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयर धनीहरूले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर ४ गते) देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौँमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ४० बजे