राष्ट्रपति भवनमा घटस्थापना

एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन [फोटो फिचर]

काठमाडौं।   जन्मसिद्ध र एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राखेर काठमाडौंमा प्रदर्शन गरिएको छ । 

नागरिकताविहीन नागरिक संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ अनुसार जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो । 

राज्यले आफूहरूलाई नागरिकता नदिएर गैर नागरिक बनाउन खोजेको उनीहरूको आरोप छ । साथै नागरिकता विधेयक संसदबाट पारित गर्न पनि उनीहरूको माग छ । 

माइतीघरमा जम्मा भएर उनीहरू नयाँ बानेश्वरसम्म ¥याली निकालेका थिए । 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ३ : १९ बजे