बियर खान नपाएर सुस्त भएकाे भैसी विक्रिमा, मूल्य चार करोड

पटना, ३ मंशिर । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ ।

एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैंसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ ।

तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसींको चमक घटेको राजाका मालिक बताउँछन् । जानकारीका अनुसार यो भैँसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ ।


बिहारको सोनपुर मेलामा ल्याइएको भैंसीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन मुर्रा जातको हो । बिहारको सोनपुर मेलामा बिक्री गर्न बनारसबाट ल्याइएको हो । यस भैंसीको विशेष कुरा यो हो कि यसले हरेक दिन बियरको बोतल पिउने गर्छ ।


बिहारमा आउने यो भैंसीले धेरै समस्या झेलिरहेको छ किनभने बिहारमा रक्सी निषेध गरिएको छ। यसबारे भैंसीका मालिकले बियर नपाउँदा भैंसीको चर्को चमक घटेको बताउँछन् । जसका कारण उनी अलिकति सुस्त देखिन्छन् ।

भैंसी मालिकका अनुसार मोकामाका पूर्व विधायक अनन्त सिंहले उनीसँग भिडियो कलमा कुरा गरेका थिए। उनले भिडियो कलमार्फत राजालाई देखेका थिए। मालिकले आफ्नो भैँसीको मूल्य २ करोड रुपैयाँभन्दा बढी रहेको जनाउँदै अनन्त सिंहले मात्रै किन्न सक्ने बताए । उनका अनुसार उनी बाहेक यो भैँसी अरु कसैले लिन सक्दैन । बिहारका शक्तिशाली नेता आनन्द सिंह सोनपुर मेलामा पुगे तर भैंसी किन्न भने चाहेनन्, न्युज २४ ले लेखेकाे छ ।

यसअघि पनि भारतमा २३ करोड मूल्यको भैंसी भाइरल भइसकेको छ । जसको नाम अनमोल भनियो । यसअघि पटनाको भेटेरिनरी ग्राउन्डमा भएको डेयरी एण्ड क्याटल एक्स्पोमा १० करोडको भैंसी गोलु–२ पुगेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ०२ बजे