काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता ढुङ्गानाको निधनको खबरले आफु अत्यन्त दुःखी भएको उहाँले बताउनुभयाे ।
उहाँले ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२/६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्याउनु भएको विशिष्ट योगदानका लागि आफुहरुले सधै संझिरहने बताउनुभएको छ ।
‘म दिवंगत ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँकी जीवन सँगिनी श्रीमती भुवन ढुङ्गाना सहित शोकमा डुबेको समस्त ढुङ्गाना परिवारमा गहिरो समवेदना प्रकट गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनी कामना गर्दछु ।’ पुर्वराष्ट्रपतिले सामाजिक संजाल फेसबुममार्फत गहिरो शोक व्यक्त गर्नुभएको छ ।
https://www.facebook.com/share/p/Tvu7Lh2DYfj5WTff
प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार ९ : ०७ बजे
प्रतिक्रिया