‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

 तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ । तनहुँमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१ तालघरेमा बिहान ३ः०० बजे जिप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका–६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताउनुभयो । 

उहाँका अनुसार दमौलीबाट घासीकुँवातर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो । दुर्घटनामा घाइते थापालाई उपचारका लागि दमौली अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

“जिपले च्यापिएको अवस्थामा प्रहरीको टोली र स्थानीय मिलेर उद्धार गरेर दमौली अस्पताल ल्याएका थियौँ । अस्पतालले मृत घोषणा गरिदियो । मृतकको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ”, उहाँले भने । प्रहरीका अनुसार रित्तो जिपमा चालक मात्रै सवार थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ३१ बजे