यस्तो छ आज सुन चाँदीको मूल्य 

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवारकै बिक्री दरमा आज सुनको मूल्य निर्धारण भएको छ। 

महासङ्घले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ । 

त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यो साताको मूल्य हेर्दा सुनको मूल्यमा बारम्बार घटेको अवस्था सिर्जना भएको देखिन्छ । 

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रवार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ०३ बजे