नेपाल मजदुर किसान पार्टीले कीर्तिपुरमा गर्‍यो उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले कीर्तिपुर नगरपालिकाको मेयर पद तथा दुई वडामा उम्मेदवारी दर्ता गराएको छ ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेमकिपाले कीर्तिपुरको तीन वटै पदमा उम्मेवारी दिएको हो ।

मेयरमा श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन् । यस्तै, १ नम्बर वडाध्यक्षमा कृष्ण प्रसाद महर्जन र ४ नम्बर वडाध्यक्षमा महेश्वर सुवेदीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ५८ बजे