काठमाडौं । आज बस्ने भनेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजेका लागि बोलाइएको संसदीय समितिको बैठक आजका लागि स्थगित भएको हो । मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ ।
प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।
प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार १२ : १५ बजे
प्रतिक्रिया