भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६० हजारमा कोभिड संक्रमण

एजेन्सी । भारतमा कोभिड संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । 

पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ ।

भारतमा दैनिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन सुरु गरेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् । 

पछिल्लो २४ घन्टामा ९० लाख जनालाई कोभिडविरुद्ध खोप दिइएको छ । त्यस्तै एकै दिन  ६१६ ओमिक्रोन संक्रमित थपिएका छन् । योसँगै ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि तीन हजार ७०० पुगेको छ । संक्रमितमध्ये एक हजार ४०९ जनामा दोस्रो वा तेस्रो व्यक्तिबाट फैलिएको विज्ञहरुले बताएका छन् । 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : १६ बजे