राष्ट्रपति भवनमा घटस्थापना

एमाले झापाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन

झापा । नेकपा (एमाले) झापाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन हुनुभएको छ । 

पार्टीको शनिवार भएको १०औँ अधिवेशनबाट उहाँलाई सर्वसम्मत चयन गरिएको हो । 

पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा चन्द्रा श्रेष्ठ र असारु राजवंशीलाई चयन गरिएको पार्टीका जिल्ला इन्चार्ज अग्नि खरेलले बताउनुभयो ।

त्यसैगरी, पाँच वटै निर्वाचन क्षेत्रबाट पाँच सदस्य चयन गरिएको छ । जसमा  निर्वाचन क्षेत्र नं १ बाट डिल्ली घिमिरे, २ बाट बद्री भट्टराई, ३ बाट लक्ष्मण पाठक, ४ बाट खेम मिश्र र ५ बाट तुलसी कार्की चयन हुनुभएको छ ।

सञ्चारकर्मीबाट मोहन काजी, व्यवसायीको तर्फबाट भरत चम्लागाईँ, प्रल्हादमणि ओली, मधेसी कोटाबाट डम्बर यादव, मीना साह, भूमिहीन सुकुम्वासीबाट टीकाराम मङ्ग्रान्ती निर्विरोध चयन हुनुभएको छ ।  जिल्लामा १५० जनाको समिति रहनेछ । 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : २८ बजे