‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काठमाडौंका सबै वडामा आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा

काठमाडौं । काठमाडौं जिल्लाका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा सुरु भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि अभियानका रुपमा राष्ट्रिय परिचयपत्रको सेवा सुरु भएको जनाएको छ । गत मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवा दिइँदै आएको थियो । 

विभागका अनुसार प्रशासनको भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी अर्थात ई–पासपोर्टको अनलाइन आवेदन लिने सेवा छैन ।

यसअघि विद्युतीय राहदानी बनाउन काठमाडौं आउने सेवाग्राहीका लागि ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश–२ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : २३ बजे