रोकिएन बैङ्कहरूको ब्याजदर घट्ने क्रम, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । बैंकहरुको ब्याजदर फेरि घटेको छ । मंसिर महिनाका लागि पनि बैंकहरुले ब्याजदर घटाएका हुन् ।
कात्तिक महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ६.१८ प्रतिशत ब्याज प्रदान गरेका थिए । तर, मंसिर महिनाका लागि भने ०.२१७४ प्रतिशत बिन्दु घटाएका छन् । मंसिर महिनामामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.९७०३ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।

नेपाल बैंक, सिद्धार्थ, नेपाल एसबिआई, एभरेष्ट, प्रभू, सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

नेपाल बैंकले आगामी मंसिरका लागि व्यक्तिगत तर्फ ५.९५ प्रतिशत र संस्थागत तर्फ ४.९५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । यस्तै, सिद्धार्थ, नेपाल एसबिआई राष्ट्रिय वाणिज्य र एभरेष्टले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६ प्रतिशत ५ प्रतिशतका दरमा ब्याज प्रदान गर्नेछन् ।

यता, प्रभूले व्यक्तिगत मुद्दति निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत, सानिमाले व्यक्तिगत तर्फ ६.१५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत, हिमालयनले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत संस्थागत तर्फ ५.२५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने व्यक्तिगतमा ६.५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत ब्याज दिनेछ ।

मंसिर महिनाका लागि आधा दर्जन बैंकहरुले ब्याजदर घटाएका छन् । माछापुच्छ्, एनएमबि, लक्ष्मी सनराइज, नबिल, ग्लोबल आइएमई, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, एनआइसी एशिया, सिटिजन्स र कुमारी बैंकले ब्याजदर घटाएका हुन् ।
व्यक्तिगत निक्षेप तर्फ नबिल, ग्लोबल र प्राइमले समान ५.७५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरुले संस्थागत तर्फ भने क्रमशः ४.७५४.५ प्रतिशत र ४ प्रतिशत दिएका छन् ।

यस्तै, माछापुच्छ्रेले मंसिर महिनामा व्यक्तिगत मुद्दति तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत, एनएमबिले व्यक्तिगत तर्फ ५.५७ प्रतिशत, र संस्थागतमा ४.५७ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत, स्ट्याण्डर्डले व्यक्तिगतमा ६.२५ प्रतिशत र संस्थागतमा ३.५ प्रतिशत ब्याज दिने भएका छन् ।

यता, कृषि विकासले पनि व्यक्तिगत तर्फ ५.५३६३ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत, एनआइसी एशियाले व्यक्तिगत तर्फ ६.७९ प्रतितश र संस्थागतमा ५.७९, सिटिजन्सले व्यक्तिगतमा ५.६५ र संस्थागतमा ४ प्रतिशत र कुमारी बैंकले व्यक्तिगत तर्फ ५.९१ प्रतिशत र संस्थागतमा ४.९१ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ५५ बजे